Logo
Logo

यी अभिनेत्री, जसले आफैंसँग गरिन् विवाह



काठमाडौं । भारतकी एक टिभी अभिनेत्रीले आफैँसँग विवाह गरेकी छन् । ‘दीया र बाती हम’की चर्चित अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी हुन् ।

कनिष्का सोनीले हालै सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेकी छन्, जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले फोटो सेयर गर्दै क्याप्सनमा ‘आफूले आफैँसँग विवाह गरेको’ जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन ।’

उनले आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी हुने बताएकी छन् । उनले भनेकी छन्, ‘म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’

कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजका हिस्सा हुन् । पछिल्लो उनको निर्णयले अहिले चर्चा पाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्