Logo
Logo

सुन काण्डमा एक वर्षपछि सर्वाेच्चको आदेश, प्रहरीलाई राहत


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ साउन ।
सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यानबाहेक सबैको हकमा उच्च अदालत बिराटनगरकै फैसला सदर गरेको छ।
न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले फैसला सुनाउँदै सुन तस्करीमा मुछिएका गोल्यानसँग १० लाख धरौटी माग गरिएको छ।

उच्च अदालत बिराटनगरको आदेशबिरुद्ध निवेदन लिएर गएकाको हकमा उच्चकै आदेश सदरको फैसला भएको छ। असार १९ देखिको निरन्तर सुनवाईपछि शुक्रबार फैसला आएको हो।

सर्वोच्चको फैसलासँगै सुन काण्डमा मुछिएका एसएसपी दिवेश लोहनी, एसपी बिकास खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले थुना बाहिरै बसेर न्यायिक उपचार पाएका छन्। डिएसपी सञ्जयबहादुर राउत भने थुनामै रहने भएका छन्। उनी १७ नम्बर निवेदन लिएर सर्वोच्च गएका थिए। त्यस्तै एसएसपी श्याम खत्री पनि थुनामै रहने भएका छन् । दुई जवान पनि थुनामा राख्ने आदेश भएको छ ।
सोही प्रकरणमा गलत आदेश भएको भन्दै उच्च अदालतका न्यायधीशलाई कारबाही गर्ने निर्णय भएको थियो । तर, उच्च अदालतकै आदेश सर्वाेच्चबाट सदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्