Logo
Logo

दुई भाइरल मेयर हर्क र बालेनबीच फेसबुकमै जुहारी


21.9k
Shares

काठमाडौं । यो साता धरानका भाइरल मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र बिक्रम बेघाको काठमाडौं भ्रमणले तातियो ।
पछिल्लो समय धराने जनतालाई श्रमदान गराएर चर्चामा रहेका मेयर साम्पाङले काठमाडौं आउने बित्तिकै फोहोर व्यवस्थामा प्रश्न उठाएका थिए ।

सुन्दर र सफा नगरी धरानका मेयर हर्कले काठमाडौंमा महिनौँदेखि थुप्रिएको फोहोर व्यवस्थापनमा केही सुझाव पनि दिए ।
भाइरल मेयर हर्क श्रमदान गराएर हाइ हाइ भएको बेला यस्तै भाइरल काठमाडौंका मेयर बालेन्द्र शाह तनावमा थिए ।

संयोग त्यस्तै बन्यो । सफा नगरीका हर्क काठमाडौं आएपछि केही मात्रामा फोहोर व्यवस्थापन सुरु भयो । अनि हर्कले फेसबुकमा लेखे– ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्सेकम काम त शुरु गरे !’

हर्कले रेलै गरेर लेखेका पनि होलान् । त्यसमा त मान्छेले अचम्म मान्ने कुरा भएन । किनकी, हर्क यस्तै यस्तै कुरा गरिबस्ने भूइँमान्छे नै हुन् ।

रमाईलो त के भयो भने निक्कै तौलेर मात्र लेख्ने बोल्ने काठमाडौंका मेयर बालेन्द्रले हर्कको स्टाटसमा कमेन्ट लेखे– ‘हो नि… तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

यो समाचार तयार पार्दासम्म हर्कको स्टाटसमा २५ सय भन्दा धेरैले कमेन्ट गरेका छन् । तर, ९० प्रतिशतले कमेन्टमार्फत हर्कलाई उडाएका छन् । हर्कको स्टाटसमा बालेन्द्रले गरेको कमेन्टमा ५ हजारले रियाक्ट गरेका छन् । रियाक्ट गर्ने ९० प्रतिशतले नै बालेन्द्रलाई पनि उडाएका छन् ।

प्रतिक्रिया दिनुहोस्