काठमाडौं । ल्याण्डफिल्ड साइट सिसडोलमा आज पनि फोहोर फाल्न स्थानीयले अवरोध गरेका छन् । बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा नबित्दै फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि राेकेका छन् ।
बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो । तर, बिहीबार स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको हो ।

बिहीबार काठमाडौंबाट ६० टिपर फोहोर बोकेर बन्चरेडाँडा पठाइएको छ । तर, स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका टिपरहरु बाटामै रोकिएका छन् ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ पठाइएको हो । तर, स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका गाडी बाटोमै रोकेका छन् ।














