Logo
Logo

कास्कीबाट चुनाव लड्दिनः वामदेव गौतम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आफू नउठ्ने बताएका छन् । सो क्षेत्रबाट स्वर्गिय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उठाउन उनले प्रस्ताव गरेका छन् ।

 

गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा बाहिर आएएपछि उनले आफ्ना निकटस्थहरुसँग विद्यालाई उठाउने बताएका हुन् ।उनले उपचुनाव लड्ने पक्षमा नरहेको बताएको उनी निकट एक नेताले बताए । तत्कालीन संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ रिक्त भएको हो।
गौतमले उपचुनावमा सो क्षेत्रबाट विद्यालाई उम्मेदवार बनाउन पार्टीमा प्रस्ताव लैजाने बताएका छन् ।
उनले आफू उम्मेदवार बन्ने भनी हल्ला चलाएर आफूलाई बदनाम गर्न खोजिएको गुनासो गरेका थिए। गौतमले आफू आमचुनावमा प्युठान वा बर्दियाबाट मात्र उम्मेदवार बन्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्