
धनकुटा । धनकुटामा पहिलो पटक फुड फेस्टिभल तथा दसैं तिहार मेला आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ धनकुटाले असोज ७ देखि २ हप्ते मेला आयोजना गर्ने भएको हो ।
महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मेलाले दसैं-तिहारमा सस्तो मुल्यमा दैनिक उपभोग्य सामाग्री तथा लत्ताकपडा बिक्री वितरण गर्न र विभिन्न जातजातिका परिकारको प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
फुड फेस्टिवल तथा मेला सम्पन्न गर्नका लागी श्रेष्ठको संयोजकमा ५१ सदस्यीय मुल आयोजक समिति, निर्वतमान अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा फुड फेस्टिवल तथा मेला व्यवस्थापन समिति, उपाध्यक्ष कुसुम रानाको संयोजकमा स्वागत तथा सत्कार समिति गठन गरिएको छ ।
उपाध्यक्ष मनकला लिम्बुको संयोजकमा अनुगमन समिति, महासचिव अम्विका धमला संयोजक र पुष्पा लिम्बु सहसंयोजक रहेको मञ्च तथा कार्यक्रम व्यवस्थापन समिति, सचिव रुपेश श्रेष्ठ संयोजक, हिरा राई सहसंयोजक रहेको स्वयम सेवक परिचालन समिति, कोषाध्यक्ष हरीवहादुर लम्जेल संयोजक र सहसंयोजक जुनु राई रहेको ७ सदस्यीय प्रचार प्रसार तथा आर्थिक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
महासचिव अम्विका धमलाका अनुसार मेलामा लत्ता कपडा, दैनिक उपभोग्य समाग्रीका लागी स्टलमा राखिने छ । साथै राई, लिम्बु, नेवार, मगर, तामाङ, आठपहरिया, बाहुन, क्षेत्री, शेर्पा, भूजेल जात जातिका मौलिक परिवार र बाल उद्यान लगायतको स्टल हुने छ ।
स्थानीय तथा राष्टिय स्तरका कलाकारले सांगीतिक प्रस्तुति पनि दिने मेला व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले बताए । मेलामा ५ करोड बराबरको कारोवार हुने आर्थिक तथा प्रचार प्रसार समितिका संयोजक लम्जेलले बताए ।












