Logo
Logo

सुनको मूल्य प्रतितोला तीन सय रुपैँयाले बढ्यो


819
Shares

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनचाँदी सुनको मूल्य प्रतितोला तीन सय रुपैँयाले बढेको छ ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैँयाले बढेर ९५ हजार तीन सयमा कारोबार भइरहेको छ । छापवाल सुन अघिल्लो दिन प्रतितोला ९५ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैँयाले बढेर एक हजार एक सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्