Logo
Logo

२५ अर्बको सरकारी ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


252
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सोझै २५ अर्बको सरकारी ट्रेजरी बिक्री गर्ने भएको छ ।

२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद बोलकबोल गर्न लागेको हो । बिहीबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

बिक्री भने शुक्रबार मात्रै हुनेछ । इच्छुक खरीदकर्ताले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन लिन सक्नेछन् ।

न्यूनतम ५ करोडदेखि ५ करोडले निःशेष भाग जाने अंक सम्मका लागि माग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्