Logo
Logo

वित्तीय क्षेत्रमा बदनाम एनबी समूहको अस्तित्व यसरी समाप्त हुँदैछ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरूको चर्चा गर्दा एनबी समूहलाई निकै गन्हाएको समूहको उपमा दिइन्छ । नेपाली बैंक तथा वित्तीय संस्था लगायत अन्य केही कम्पनीमार्फत् झण्डै डेढ दशक एक छत्र राज गरेका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको समूह पछिल्लो एक दशकदेखि गुमनाम छ । उद्योग, व्यापार र वित्तीय क्षेत्रमा सँधै फर्जी काममा उद्दत उक्त समूहले कुनै समय नेपाल श्रीलंका मर्चेन्ट बैंक, एनसीसी बैंक र नेपाल बंगलादेश बैंकको संस्थापकको नाताले वित्तीय अराजकता नै मच्चाएको थियो । वित्तीय बजार र पुँजी बजारमा आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार उक्त समूह पछिल्लो समयमा आफ्ना सबै लगानी बिक्री गरेर हिसाब मिलानको क्रममा भूमिगत अवस्थामै रहेको छ । उक्त समूहले लिएको करोडौंको ऋण नतिरेपछि सिटिजन्स बैंक र वल्र्ड मर्चेन्ट फाइनान्सले ऋण लिएको बखत सो समूहले राखेको विभिन्न कम्पनीको सेयर बिक्रीको लागि आवश्यक प्रक्रिया प्रारम्भ गरेको छ । स्मरणरहोस्, लामो समयसम्म समस्याग्रस्त घोषित वल्र्ड मर्चेन्ट फाइनान्स हालै मात्र समस्याग्रस्त संस्थाको हैसियतबाट बाहिर आएको छ ।

 

लक्ष्मीबहादुर, जीतबहादुर, अनारदेवी, जेन र विल्सन श्रेष्ठको नाममा रहेको विभिन्न कम्पनीमध्ये एनसीसी बैंकको २ लाख ३३ हजार कित्ता भन्दा बढी सेयर रहेको छ । त्यस्तै, एनबी बैंकको १ लाख कित्ता भन्दा बढी सेयर पनि बिक्रीमा रहेको छ । उक्त समूहको प्रवद्र्धनमा सञ्चालित नेशनल हाइड्रोको पनि २ हजार कित्ता भन्दा बढी सेयरलाई लिलाममा राखिएको सिटिजन्स बैंक र वल्र्ड मर्चेन्ट बैंक स्रोतले पुष्टि गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखी कर्जा लिने, त्यस्तो कर्जाको रकम अन्य बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने, फेरी सेयर धितो राखी घरजग्गामा समेत लगानी गर्ने, पुँजी बजारमा राम्रै प्रभाव जमाउने गरेको एनबी समूहका एलबी दाजुभाई यतिखेर सार्वजनिक भएको सेयर लिलामीको सूचनाले पनि व्यावसायिक अस्तित्वमा विलीन हुने क्रममा रहेको स्वतः पुष्टि हुन्छ ।

हालपनि इन्स्योरेन्स कम्पनी, ईंटा टायल कारखाना र एउटा जलविद्युत कम्पनीको समेत मुख्य प्रवद्र्धक रहेको एनबी समूहका एकाघरका सदस्य लक्ष्मीबहादुर श्रेष्ठ, अनारदेवी श्रेष्ठ र जेन श्रेष्ठले वल्र्ड मर्चेन्ट फाइनान्स कम्पनीमा एनसीसी बैंकको झण्डै पौने दुई लाख कित्ता, एनबी बैंकको ६ लाख भन्दा बढी कित्ता र नेशनल हाइड्रो कम्पनीको २ हजार कित्ता सेयर धितो राखी करोडौं रूपैयाँ ऋण लिएका थिए । सेयर धितो राखेर ऋण लिने क्रममा एनबी समूहका पारिवारिक सदस्यहरूले विभिन्न कम्पनीको व्यवसाय बिस्तारको निम्ति प्रयोजन खुलाएका थिए । तर, एक पछि अर्को गरी व्यवहार बिग्रेपछि उक्त समूहले सो कम्पनीको ऋण चुक्ता गर्नुको सट्टा क्रमशः अन्य सेयरसमेत धितो राखी थप ऋण लिएका थिए । पछि त्यहि ऋणको कारण वल्र्ड मर्चेन्ट फाइनान्स समस्याग्रस्त संस्था बनेको थियो । लामो समयसम्म नेपाल राष्ट्र बैंकको कारबाही र निगरानीमा रहेका कारण सो फाइनान्स कम्पनी नयाँ प्रवद्र्धक समूहको आगमन पछि अहिले समस्याग्रस्त संस्थाबाट त¨्ररिएको छ । जसका कारण कम्पनीले आफ्नो पूरानो खराब कर्जामा राखिएको धितो लिलाम तथा बिक्री गर्ने रणनीति अनुरूप नै एनबी समूहको नाममा रहेको विभिन्न कम्पनीको सेयर बिक्री गर्न लागिएको स्रोतले बताएको छ ।

फाइनान्स कम्पनी मात्र होइन यतिखेर एनबी समूहले सेयर धितो राखेर करोडौं ऋण लिएको तर, हालसम्म पनि चुक्ता नगरेको कारण सिटिजन्स बैकले पनि सो समूहको नाममा रहेका विभिन्न कम्पनीको सेयर बिक्रीको सूचना जारी गरेको छ । स्रोतका अनुसार उक्त समूहले सिटिजन्स बैंकबाट सेटिङमा सेयर धितो राखी १४ करोड रूपैयाँ कर्जा लिएको थियो । तर, वर्षौंसम्म न साँवा न ब्याजको अवस्था भएपछि बैंकले उक्त समूहको नाममा रहेको सेयर बिक्री गर्न लागेका हो । उक्त बैंकबाट पनि लक्ष्मीबहादुरले कर्जा लिएका थिए । लक्ष्मीबहादुरले आफ्नो नाममा रहेको एनसीसी बैंकको ७० लाख कित्ता सेयर धितो राखेर उक्त कर्जा लिएका थिए । तर, कर्जा लिन मात्र जान्ने तिर्न नजान्ने सूमहको नाममा परिचित एनबीले उक्त बैंकको साँवा र ब्याज गरी झण्डै २० करोड रूपैयाँ तिर्न बाँकी देखिन्छ । विगतमा उक्त सेयर लक्ष्मीबहादुर स्वयम्ले धेरै मूल्यमा बिक्री गर्न खोजेका थिए । तर, विविध कारणले गर्दा त्यो सम्भव भएको थिएन । जुन अहिले सिटिजन्स बैंकले लिलामीमा राखेको छ ।

स्रोतका अनुसार अहिले बिक्रीमा राखिएको लक्ष्मीबहादुर, जीतबहादुर, अनारदेवी, जेन र विल्सन श्रेष्ठको नाममा रहेको विभिन्न कम्पनीमध्ये एनसीसी बैंकको २ लाख ३३ हजार कित्ता भन्दा बढी सेयर रहेको छ । त्यस्तै, एनबी बैंकको १ लाख कित्ता भन्दा बढी सेयर पनि बिक्रीमा रहेको छ । उक्त समूहको प्रवद्र्धनमा सञ्चालित नेशनल हाइड्रोको पनि २ हजार कित्ता भन्दा बढी सेयरलाई लिलाममा राखिएको सिटिजन्स बैंक र वल्र्ड मर्चेन्ट बैंक स्रोतले पुष्टि गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखी कर्जा लिने, त्यस्तो कर्जाको रकम अन्य बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने, फेरी सेयर धितो राखी घरजग्गामा समेत लगानी गर्ने, पुँजी बजारमा राम्रै प्रभाव जमाउने गरेको एनबी समूहका एलबी दाजुभाई यतिखेर सार्वजनिक भएको सेयर लिलामीको सूचनाले पनि व्यावसायिक अस्तित्वमा विलीन हुने क्रममा रहेको स्वतः पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्