Logo
Logo

उद्योगमा डिजीको लुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उद्योग विभागमा हुने गरेका अनियमितताका कारण दिक्क छन् । विभागका महानिर्देशक विनोद सिंहले घुस लिंदै ऐन नियम विपरीतका फाइल सदर गरेको गुनासो उनीकहाँ पुग्ने गरेको छ । अनुमति तथा दर्ता शाखा, ट्रेडमार्क शाखा र एकल बिन्दुमा महानिर्देशक सिंहको संरक्षणमा खुलेआम घुस असुली हु“दैआएको छ । अनुमति शाखामा सिंहले हरेक फाइलमा घुस मोलमोलाइ गर्नका लागि निर्देशक प्रेम लुईटेल, अधिकृत मेघराज पन्त र नासु यज्ञ आचार्यलाई राखिएको छ ।

महानिर्देशक सिंहको ध्यान जसरी हुन्छ घुस खानमा तल्लीन छ । उनले रक्सी उद्योगका फाइलदेखि सिमेन्ट उद्योगमा सम्म उनले घुस बार्गेनिङ गरेको आरोप छ । धादिङको होङ्सी सिमेन्ट दर्तामा उनले ठूलो रकम घुस लिएको आरोप लाग्ने गरेको छ । जुन सिमेन्ट उद्योग अहिले पनि विवादमा छ । रेडबुल बिरुद्ध परेको मुद्दामा पनि महानिर्देशक सिंहले ठूलो रकम घुस खाएको आरोप छ । सिंहले घुस लिएर हेटौडाको जे ८९ ब्रान्डको मदिरालाई समयअघि नै ट्रेडमार्क दिएका छन् । ११ महिनापछि मात्र ट्रेडमार्क दिनुपर्ने नियम छ । तर घुसका आधारमा सो मदिरा कम्पनीलाई समयअघि नै ट्रेडमार्क दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्