Logo
Logo

बैंकसँग मिलेर एन्फामा भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गणेश थापाको बहिगर्मनपछि अखिल नेपाल फुटबल संघ (एन्फा)मा ठूलै सुधार हुने अपेक्षा गरिएको थियो । सोही अपेक्षासहित डेढ वर्षअघि देशभरिका फुटबल प्रेमीहरु मिलेर थापा विरोधी प्यानलका रुपमा कर्मा छिरिङ शेर्पालाई एन्फाको अध्यक्षमा चयन गरे । नेतृत्व फेरिए पनि एन्फाभित्रको भ्रष्टाचारको प्रवृत्ति भने फेरिएको छैन ।

एन्फाको कोषमा करिब सवा तीन करोड रुपैयाँ छ । सो रकम बैंकमा राख्ने क्रममा नीतिगत रुपमा बदमासी भएको थियो । सो रकम सुरुमा सिभिल बैंकमा खाता खोलेर राखिएको थियो । गत वर्ष कात्तिकमा सो रकम नवील बैंकमा सारिएको थियो । रमाइलो के नबील बैंकका सिईओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त भएलगत्तै सो रकम नबीलमा सारिएको थियो ।

शेर्पा नेतृत्वले एन्फामा गरेका भ्रष्टाचारको छानबिन हुन थालेको छ । हाल फजुल खर्च त छँदै छ, एन्फाको कोषमै समेत पदाधिकारीहरुले अनियमितता गरेको फेला परेको छ । नबील बैंकसँग मिलेर एन्फामा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको छ ।

एन्फाको कोषमा करिब सवा तीन करोड रुपैयाँ छ । सो रकम बैंकमा राख्ने क्रममा नीतिगत रुपमा बदमासी भएको थियो । सो रकम सुरुमा सिभिल बैंकमा खाता खोलेर राखिएको थियो । गत वर्ष कात्तिकमा सो रकम नवील बैंकमा सारिएको थियो । रमाइलो के नबील बैंकका सिईओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त भएलगत्तै सो रकम नबीलमा सारिएको थियो ।

जबकी जून बैंकले धेरै ब्याज दिन्छ प्रतिस्पर्धाका आधारमा त्यो बैंकमा राख्नुपर्ने हो । सिभिल बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिएकोमा त्यो रकम सिभिलबाट निकालेर नबील बैंकमा १० प्रतिशत ब्याजदरमा पैसा राखिएको थियो । यसमा चलखेल भएको एन्फाका अधिकारीहरु बताउँछन् । एन्फा अध्यक्ष शेर्पा, महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रबिन्द्र जोशीमाथि कारबाही गर्नुपर्ने माग उनीहरुको छ ।

फुटबलको विकासका लागि पनि नयाँ नेतृत्वले कुनै चासो दिन सकेको छैन । बजेटको दुरुपयोग गरेर कमाउनमै व्यस्त भएपछि सल्लाहकार रहेका नवीन पाण्डेले समेत राजिनामा दिइसकेका छन् । शेर्पालाई अध्यक्ष बनाउन प्रमुख भुमिका नै पाण्डेको थियो । तर, उनी पनि एन्फाको भ्रष्टाचारबाट वाक्क भएर बाहिरिएका हुन् । जसकारण एन्फाको नयाँ नेतृत्वको पनि छिट्टै बर्हिगमन हुने सम्भावना बढेको छ । यो प्रकरणले सेलिब्रेटी सिईओका रुपमा चर्चा पाएका बैंकर अनिल शाह पनि विवादमा तानिएका छन् ।

लेखा परिक्षणमा यो विषयलाई अनियमितताका रुपमा औंल्याइएको छ, अख्तियारले गम्भीरताका साथ अनुसन्धान गरे एन्फा नेतृत्व भ्रष्टाचारमा पर्ने फुटबल खेलाडीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्