Logo
Logo

कमेडियन अपूर्व क्षितिज प्रहरी नियन्त्रणमा


1.8k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लिएको छ ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले उजुरी गरेपछि प्रहरीले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिंहले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् । सिंहविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्