Logo
Logo

बालुवाटारस्थित सुबिसु केबलको कार्यालयमा भिषण आगलागी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन ।
काठमाडौंको बालुवाटारस्थित सुबिसु केबल नेटवर्कको कार्यालयमा भिषण आगलागी भएको छ । कार्यालयबाट ठूलो धुँवाको मुस्लो निस्किएपछि आसपासमा समेत त्रास फैलिएको छ ।


नेपाल राष्ट्र बैंकको अगाडी रहेको सुबिसुको मुख्य कार्यालयमा आगलागी भएको हो । दमकलको मद्दतले आयो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगालागीको कारण खुल्न सकेको छैन । आगलागीपछि सुबिसुको सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्