Logo
Logo

प्राइम बैंकको निमित्त सिईओमा मानन्धर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ साउन । प्राइम कमर्सियल बैंकले सञ्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक सञ्चालक समितिको बैठकले जनरल म्यानेजर मानन्धरलाई निमित्त सिईओ नियुक्त गरेको हो ।
मानन्धरलाई यसअघि उक्त बैंकको सिईओ बनाउने प्रक्रिया अघि बढाइएको थियो । वहालवाला सिईओ पदमुक्त भएपछि अहिले निमित्त सिईओको कार्यभार दिइएको छ । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका सञ्चालक गजेन्द्र बुढाथोकीले जनाएका छन् । नवनियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए ।
नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका सञ्चालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशनपश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्