Logo
Logo

कुन अङ्गमा ट्याटु खोप्दा बढी दुख्छ ?



काठमाडौं । पछिल्लो समय शरिरका विभिन्न अङ्गमा विभिन्न किसीमको ट्याटु बनाउनेको संख्या बढ्दो छ । नेपाल र नेपाल बाहिरका धेरै जनाले शरिरको अधिकांस भागमा ट्याटु बनाएका छन् । कति व्यक्तिले पुरै शरिरमा फरक किसिमकाे ट्याटु बनाएर गिनिजबुकमा रेकर्ड समेत राखेका छन् ।

भारतकाे दिल्ली निवासी हरप्रकाश सुश्रीले आफ्नो शरिरमा विभिन्न प्रकारको ४९९ वटा ट्याटु खोपेर विश्व रेकर्ड बनाएका छन् । उनको शरिरमा खापिएका ट्याटुमा ३६६ देशको झण्डा, नक्सा लगायत अंकित छ ।

ब्रिटिश प्राध्यापक न्याटली विल्शरले आफ्नो पाखुरामा अल्बर्ट आइन्स्टाइनको ट्याटू बनाएकी छन्। उनका खुट्टा, नाडी तथा गोलीगाँठामा पनि ट्याटू छन्। खुट्टाको माथिल्लो भाग र गोलीगाँठोमा ट्याटू खोपाउँदा उनलाई अत्यधिक पीडा भएकाे उनकाे अनुभव छ। उनी विज्ञान विषय पढाउँछिन्।

‘पीडा हाम्रो शरीरले आफूलाई जोगाउने उपाय हो र स्नायुले पीडा पत्ता लगाउँछ,’कम बोसो र धेरै स्नायु भएको अङ्गमा ट्याटू खोप्दा धेरै पीडा हुन्छ,’ उनले भनिन्। खुट्टा, गोलीगाँठा र घुँडामुनिको भागबाहेक काखी र करङ पनि संवेदनशील अङ्ग हुन्। यद्यपि पीडाको मात्रा व्यक्तिको संवेदनशीलतामा पनि भर पर्छ।

‘ट्याटू खोप्दा सम्बन्धित अङ्गका स्नायुहरूमा क्षति पुग्छ र तिनले मस्तिष्कलाई पीडाबोध गराउने सन्देश प्रवाह गर्छन्,’ उनले भनिन्। व्यक्तिपिच्छे पीडा सहन सक्ने शक्ति फरक हुन्छ । ट्याटू खोप्ने क्रममा सबै व्यक्तिको शारीरिक प्रतिक्रिया एकैनासको नहुने उनी बताउछिन्।

ट्याटू खोप्दा मसी छालाको मध्यभागमा पुर्‍याइन्छ जहाँ पीडा अनुभव गराउने स्नायुहरू पनि हुन्छन्। छालाको मध्यतहलाई एपिडर्मिसले सुरक्षित राखेको हुनाले ट्याटू सजिलै खुइलिँदैन।

ट्याटू खोप्ने क्रममा डर्मिस तहमा मसी पुग्दा शरीरले आफूलाई चोट पुगेको ठान्छ। प्रतिकारस्वरूप क्षति कम गर्न उक्त स्थानमा श्वेत रक्तकोषहरू परिचालित हुन्छन्। यसरी पठाइएका कोषहरूले मसी सोसेर त्यसलाई रगतमार्फत् विसर्जन गर्छन्।

अहिलेसम्मकै पुरानो ट्याटू ओएट्जीमा फेला परेको एउटा परिरक्षित शरीरमा देखिएको थियो। आइसम्यान अर्थात् हिममानव भनेर चिनिने ती व्यक्तिको शरीर एल्प्स पर्वतशृङ्खलाअन्तर्गत इटलीको एउटा विकट क्षेत्रमा फेला परेको थियो। उक्त शव त्यहाँ झन्डै ५,००० वर्षसम्म हिउँमा जमेर बसेको थियो।

ओएट्जीमा देखिएको उक्त ट्याटू निकै सानो र अस्पष्ट थियो। त्यो थोप्ला र धर्साहरूको मिश्रित आकृति थियो। ब्रिटिश जलसेनाका चालकहरूले त्यो परम्परालाई त्यतिबेलादेखि ग्रहण गरेको र त्यसपश्चात् यात्रापछि ट्याटू खोप्न थालेको ठानिन्छ ।

प्रतिक्रिया दिनुहोस्