Logo
Logo

कुन बैंकको नाफा कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ साउन । बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा एक दर्जन बैंकहरुले विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरणअनुसार ग्लोबल आईएमई बैंकले २ अर्ब ७९ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब ६१ करोड रुपैयाँ र सिद्धार्थ बैंकले २ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, सानिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब पाँच करोड रुपैयाँ, बैंक अफ काठमाण्डुले १ अर्ब ९३ करोड, माछापुच्छ«े बैंकले १ अर्ब ७० करोड, लक्ष्मी बैंकले १ अर्ब ५७ करोड, सिटिजन इन्टरनेशनल बैंकले १ अर्ब ४८ करोड र कुमारी बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा देखिन्छ ।
त्यस्तै, अन्य बैंकले पनि धमाधम गत वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्