Logo
Logo

उदयगिरिबाट नीलकण्ठ



मेरो त आज मात्र हो
भोलि अरू कसैको हुन्छ
त्यसैले उज्यालो लागि
उदयगिरी हेरिरहेका छु
पर्खिरहेको छु पहिलो लालिमा देख्न
तर मेरो आजलाई के भएको ?
उदयागिरिको वारी म
पारी घनीभूत कालो
सर्वत्र अन्धकारको राज
कालो मसानेहरूको हल्लाखल्ला
अझै मन्थन छ यिनको खानको लागि
लगातार निस्किरहेको हलाहल
कालोनिलो भएको म
उदयगिरि हेर्न छोडेर
नीलकण्ठ खोजिरहेको छु ।

भाद्र ८, २०७९

प्रतिक्रिया दिनुहोस्