Logo
Logo

किन समाचार बन्दैन रोटरी ?


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ

रोटरी इन्टरनेशनल आफैँमा एउटा राम्रो ब्राण्ड हो । विश्वका करिब १२ लाख प्रबुद्ध नागरिकहरु रोटरी क्लबमा आबद्ध छन् । त्यसमा ४ हजार ५०० प्रबुद्ध वर्ग नेपालका १२० वटा रोटरी क्लबमा आबद्ध छन् । सन् १९०४ मा पल हेरिसले सिकागोमा स्थापना गरेको रोटरी क्लब ११५ वर्षको यात्रामा अविरल अगाडि बढिरहेको छ । तसर्थ, रोटरी क्लबका बारेमा थप ‘ब्राण्डिङ’ गरिरहन आवश्यक पर्दैन । रोटरी भन्नासाथ सबैले निस्वार्थ सेवाभाव हो भन्ने बुझेका छन् । तर, पनि नेपालमा रोटरीलाई समुदायका बीच लैजान र समुदायमा क्रियाशील विभिन्न पेशा, व्यवसायका प्रबुद्ध नागरिकहरुलाई रोटरीप्रति आकर्षित गर्न के गर्नुपर्ला भन्ने चिन्ता बेलाबखत प्रकट हुने गरेको छ । एउटा सामाजिक संस्थालाई जीवन्त राख्न गरिएको यो चिन्ता जायज पनि हो । संस्थाको भविष्यप्रति चिन्ता नगर्ने हो भने संस्था जीवन्त रहन सक्दैन । क्रमशः निस्क्रिय हुँदै जान्छ । त्यसैले बेलाबेला संस्थाप्रति गरिने चिन्तनले संस्थालाई जीवन दिन्छ । त्यसैले भनिन्छ, ‘रोटरी कनेक्ट द वल्र्ड ।’

रोटरी क्लब धनीहरुको क्लब हो । उद्योगी, व्यापारीबाहेक अरुले त्यसको सदस्य बन्न पाउँदैनन् । रोटरी भनेको टाई सुट लगाएर पाँचतारे होटलमा बैठक बस्ने क्लब हो भन्ने आम बुझाई छ । मिडियाले पनि त्यही कुरा बुझेको छ । फरक होला, अमेरिका, बेलायत, युरोपजस्ता देशका मिडियाको सोचमा । हाम्रो जस्तो पछौटेपन भएको देशमा रोटरीलाई मिडियाले यसरी नै बुझेको पाइन्छ । यो भ्रमबाट मिडियालाई मुक्त गर्न मिडियामैत्री रोटरीको अवधारणा अगाडि सार्नुपर्छ ।

यही चिन्तनको व्यानर बोकेर गत शनिबार रोटरी क्लबले होटल सोल्टीमा ‘डिष्ट्रिक मेम्बरसीप एण्ड पब्लिक इमेज’ सेमिनारको आयोजना गरिएको थियो । उक्त सेमिनारमा ९० क्लबका ३१८ जना रोटरियनहरु सहभागी थिए । डिस्ट्रिक ट्रेनर जितेन्द्रराज राजभण्डारीको संयोजकत्वमा सम्पन्न उक्त सेमिनार रोटरीको सदस्य संख्या र रोटरीको पब्लिक इमेज कसरी बढाउने भन्नेमै केन्द्रित थियो । यी दुवै विषयमा प्रमुख अतिथि स्वपन चौधरी, डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, राजेन्द्र शाक्य, ध्रुवप्रसाद आचार्य, मञ्जु कार्की लामिछाने, रवि बराल, प्रकाशमान प्रधान, रोशी लामिछाने भुसाल, सञ्जय गिरी र वरिष्ठ पत्रकार किशोर नेपालले आ–आफ्नो अनुभव सुनाएका थिए । अतिथि वक्ताहरुसँग विभिन्न जिल्लाबाट आएका रोटरियनहरुले अन्तक्र्रिया समेत गरेका थिए ।

अन्तक्र्रिया गर्ने रोटरियनहरुले रोटरीको पब्लिक इमेजमा मिडियाको ठूलो भूमिका हुने कुरा उल्लेख गर्दै मिडियाले रोटरीले गरेका राम्रा कामलाई पनि स्थान नदिएको गुनासो पोखेका थिए । रोटरी क्लबले भूकम्पपछि १६४ वटा घर पुनःनिर्माण गर्नुका साथै २२ वटा ‘ह्याप्पी स्कूल’को समेत निर्माण गरेका छन् । तर, धुर्मुस–सुन्तली, शेष घले, एनआरएनले गरेका पुनःनिर्माणको समाचार बन्यो, रोटरी किन समाचार बनेन भन्ने जिज्ञासा सबैमा थियो ।

यो जिज्ञासाको पछाडि रोटरीको मिडिया मेनेजमेन्ट कमजोर रहेको स्पष्ट आवाज त्यहाँ सुन्न सकिन्थ्यो । त्यति मात्र होइन, रोटरीले स्वच्छ खानेपानी, आधुनिक शौचालय निर्माण, वृक्षरोपण, रक्तदान, स्कुल भवन, छात्रवृत्ति, अस्पताल भवनमा आधुनिक उपकरणको सहयोग गरेको छ । वर्षमा करिब एक अर्ब रुपैयाँ रोटरी क्लबले सामाजिक सेवाको क्षेत्रमा खर्च गरेको छ । विभिन्न जिल्लाका समुदायले त्यसबाट फाइदा पनि उठाएका छन् । तर, ती सबै राम्रा कुरा ओझेलमा पर्दा रोटरीले केही पनि नगरेको जस्तो ‘इमेज’ समाजमा परेको छ । कमसेकम आफूले गरेका राम्रो कुराको त प्रचार गरौँ । त्यसपछि समाजका विभिन्न पेशा र व्यवसायमा आवद्ध प्रबुद्ध वर्गको रोटरीप्रति आकर्षण बढ्छ र राम्रा, असल नागरिकको प्रवेशले रोटरीको इमेज पनि बढाउँछ । शनिबार सम्पन्न एकदिने सेमिनारको निष्कर्ष यही नै थियो ।

रोटरी किन समाचार बन्दैन ? भनिन्छ, मानिसले कुकुरलाई टोक्यो भने समाचार बन्छ । कुकुरले मानिसलाई टोक्यो भने समाचार बन्दैन । यो एउटा युग पनि थियो, जतिबेला समाचार लेख्न पत्रकार नै चाहिन्थ्यो । पत्रिका बिकाउन यस्ता समाचारले स्थान पाउँथे । किनभने, त्यो बेला सीमित मिडिया थिए । पत्रकार सीमित थिए । अब समय बदलिएको छ । हरेक नागरिकको हातमा मोबाइल, स्मार्टफोन छ । हरेकले आफ्नो ‘फेसबुक’ एकाउन्ट खोलेका छन् । आफ्नो निजी, पारिवारिक शुभ समाचार सामाजिक सञ्जालमार्फत विश्वभर पु¥याउँछन् । यसको मतलब हरेक सचेत नागरिक पत्रकार हुन् । हरेक रोटरियन पत्रकार हुन् । अब रेडियो, टिभी, पत्रपत्रिकामा समाचार सीमित हुने दिन गयो । अहिलेको अहिले नै हामीले राम्रा कुराहरुलाई सोसल मिडियामा अपडेट गर्न सक्छौँ । विभिन्न मिडियामा कार्यरत पत्रकारलाई हामीले मानार्थ रोटरियनको सदस्यता दिन सक्छौँ । जसले गर्दा रोटरी र मिडियालाई ‘मानार्थ सदस्यता’ले जोड्ने छ । हरेक रोटरी क्लबले आ–आफ्नो ‘अनलाइन’, ‘फेसबुक’ पेज बनाउन सक्छन् । त्यो नै रोटरी र मिडियालाई जोड्ने सबैभन्दा सजिलो माध्यम हो । सोसल मिडियाबाहेक मेनस्ट्रिमका मिडियाले रोटरीको समाचारलाई किन स्थान दिन्न ? यो प्रश्नको जवाफ रोटरीले खोज्न मिडियासँग अन्तक्र्रिया गर्नुपर्छ । मिडियालाई आफूतिर आकर्षित गर्न पनि अन्तत्र्रिmया जरुरी छ । मिडियालाई रेस्पोन्स ग¥यो भने मिडियाले पनि रेस्पोन्स गर्छ ।

उदाहरणका लागि हरेक हप्ता रोटरीको बैठक बस्छ । छलफल हुन्छ । राम्रो कामको प्रशंसा हुन्छ । गर्नुपर्ने कामको जिम्मेवारी बाँडफाँड हुन्छ । त्यस्तो बैठकमा क्रमशः टेलिभिजन, पत्रपत्रिका, रेडियो, एफएम र अनलाइन मिडियाका पत्रकारलाई अतिथिका रुपमा निम्त्याउनु पर्छ । ताकि उसले रोटरी के हो भन्ने कुरा सबैभन्दा पहिला बुझोस् । रोटरी बुझेपछि त्यसको महत्व मिडियाले आफैँ बुझ्छ । र रोटरी खोज्दै मिडिया आफैँ आउँछ । रोटरी नै थाहा नहुने मिडियाले रोटरीको महत्व कसरी अरुलाई बुझाउन सक्छ ?

रोटरी क्लब धनीहरुको क्लब हो । उद्योगी, व्यापारीबाहेक अरुले त्यसको सदस्य बन्न पाउँदैनन् । रोटरी भनेको टाई सुट लगाएर पाँचतारे होटलमा बैठक बस्ने क्लब हो भन्ने आम बुझाई छ । मिडियाले पनि त्यही कुरा बुझेको छ । फरक होला, अमेरिका, बेलायत, युरोपजस्ता देशका मिडियाको सोचमा । हाम्रो जस्तो पछौटेपन भएको देशमा रोटरीलाई मिडियाले यसरी नै बुझेको पाइन्छ । यो भ्रमबाट मिडियालाई मुक्त गर्न मिडियामैत्री रोटरीको अवधारणा अगाडि सार्नुपर्छ । रोटरीका साथीहरुलाई विभिन्न मिडियामा साक्षात्कार गराउनुपर्छ । अनि मात्र मिडिया र रोटरी घुलमिल हुन थाल्छ । त्यसैले रोटरी भनेको सामान्य जनताको सेवामा समर्पित संस्था हो भन्ने कुरालाई पहिला हामीले मिडियाबीच स्थापित गर्न सक्नुपर्छ । अर्को कुरा चिन्तनको कुरा पनि हो । त्यसैले डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ बारम्बार भन्ने गर्छन्– देश र समाज बदल्छु भन्नेहरुले सबैभन्दा पहिला आफूलाई बदल्न सक्नुपर्छ । अनि मात्रै स्वच्छ भावनाले समाज सेवा गर्न सकिन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्