Logo
Logo

एमाले पाल्पाको दसौँ अधिवेशन जेठ ११ र १२ गते हुने


मिलन विश्वकर्मा


पाल्पा । नेकपा एमाले पाल्पाको दसौँ जिल्ला अधिवेशन आगामी जेठ ११ र १२ गते हुने भएको छ । शुक्रवार तानसेनमा बसेको एमाले जिल्ला कमिटीको बैठकले अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । तानसेनको बतासेस्थित श्रीनगर साँस्कृतिक डबलीमा अधवेशनको उद्घाटनशत्र हुने छ । बन्दशत्र तानसेन नगरपालिकाको सभाहलमा हुने छ ।

अधिवेशनमा करिब ४६० प्रतिनिधि सहभागी हुनेछन् । पाल्पामा करिब ८ हजार एमालेका सदस्य रहेका छन् ।८१ वटै वडाबाट प्रतिनिधि छनोट प्रक्रियाका लागि निर्वाचन हुनेछ । २० सदस्य संख्या बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् । तीन जना प्रतिनिधि छनोट हुँदा एक जना महिला अनिवार्य हुनुपर्ने छ । एक वडा एक युवा प्रतिनिधि छनोट हुनुपर्नेछ । पालिकालाई इकाइ मानेर १२ दलित समुदायका सदस्य संख्या बराबर १ दलित प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ ।

आगामी जेठ ५ गते प्रतिनिधि छनोटका लागि सबै वडामा निर्वाचन हुने अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए । अनुसूची १ मा पर्ने जनसङ्गठन २ र अनुसूची २ मा पर्ने जनसङ्गठनबाट १ जना प्रतिनिधि सहभागी हुन पाउने निर्णय भएको छ । पाल्पा–काठमाडौं सम्पर्क मञ्चबाट ५ र एमाले निकट भारत प्रवास समितिबाट ३ जना पर्यवेक्षकको रुपमा अधिवेशनको बन्दशत्रमा सहभागी पाउने उनले बताए ।

अधिवेशन सम्पन्न गर्न अध्यक्ष धनेन्द्रराज घिमिरेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला कमिटीका पदाधिकारी, सदस्य, गाउँकमिटीका पदाधिकारी, वडाध्यक्ष जनसङ्गठनका जिल्लास्थित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष सदस्य रहने छन् ।

विभिन्न उपसमिति समेत गठन गरिएको छ । धनेन्द्रराज घिमिरेको संयोजक रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरिएको छ । पूर्व अध्यक्ष नारायण प्रसाद आचार्य, पूर्व कार्यवाहक अध्यक्ष देवीप्रसाद बस्याल, वर्तमान उपसचिव दीपक विश्वकर्मा सदस्य रहेका छन् ।

आर्थिक उपसमितिको संयोजकमा उपाध्यक्ष देवीलाल लामिछाने रहनुभएको छ।  लेखा कमिटीका संयोजक सदस्य रहने छन् । प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा पार्टीका सचिव रामजी पोखरेल रहनुभएको छ । सदस्यमा मुक्ति कालीराज, गुराँस आत्रेय, जीवन आचार्य, तेजबहादुर घर्ती रहेका छन् ।

देवीलाल लामिछानेको संयोजकत्वमा अर्थ संकलन उपसमिति गठन गरिएको छ । विमल काफ्ले, चिरञ्जीवी पोखरेल, खेमबहादुर सारू, विष्णु भण्डारी, यमबहादुर चिदी, प्रेम श्रेष्ठ, सरस्वती चिदी, मिना जिसी, विष्णु आचार्य, रामलाल श्रेष्ठ, हिरु राना, भरत न्यौपाने सदस्य रहेका छन् । 

दीपक विश्वकर्मा संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । मिलन विश्वकर्माको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य र प्रेस चौतारीका पदाधिकारी सदस्य यसका सदस्य रहने छन् ।

मंच व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति संयोजकमा गुराँस आत्रेय रहेका छन् । नगर कमिटीका पदाधिकारी सदस्य रहने छन् । खाद्य तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा देवीलाल लामिछाने, सदस्यमा चुराबहादुर गोदार, चिरञ्जीवी पोखरेल, दामोदर घिमिरे, त्रिरत्नलाल शाक्य, उमानाथ आत्रेय, डेन्जिङ रायमाझी रहेका छन् ।

अधिवक्ता विनोद कार्की संयोजक रहेको निर्वाचन उपसमिति गठन गरिएको छ । सदस्यमा नारायण ज्ञवाली, जोगबहादुर विक, जीतबहादुर लामिछाने, शालिकराम घिमिरे, टंक पन्त, सन्तोष खनाल, तिलक सापकोटा रहेका छन् ।

कलाकार हुुम गैरेको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ । एमाले निकट सांस्कृति महासंघ पाल्पाका पदाधिकारी र सदस्य यसको सदस्य रहने छन् । रामलाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।

अध्यक्ष मण्डलको जिम्मेवारी एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीलाई दिइएको छ । उद्घाटनशत्रमा जिल्लास्थित सबै राजनीतिक दल, शुभचिन्तकलाई निमन्त्रणा गरिने अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

सबै पालिका र वडा कमिटीको अधिवेशन आगामी जेठ ३ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको छ । सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने काम बैशाख मसान्तसम्म हुने उनले बताए ।

बैठकमा उपसचिव दीपक विश्वकर्माले पार्टी केन्द्रीय कमिटीको विज्ञप्ती र प्रदेश कमिटी परिपत्र बाचन गरेर जानकारी गराएका थिए । बैठकमा सबै पालिका कमिटीका अध्यक्षले रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वसम्मतबाट नै नेतृत्व चयन गर्न सुझाव दिए । पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीले उच्च समझदारी र अनुशासन रहेर जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

पोलिटब्युरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा एमाले थप बलियो बनाउने गरी अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले विधि विधानको पालना गरेर नेतृत्व चयन गर्न आग्रह गरे ।

केन्द्रीय सदस्य तथा पाल्पाका दशै पालिका इन्चार्ज सिर्जना काफ्लेले पार्टीलाई थप मजबुत बनाउने सन्देश दिने गरी अधिवेशनको तयारीमा जुट्न अनुरोध गरे । अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको बैठकमा केन्द्र, प्रदेशस्तरका नेताहरूको उपस्थिति थियो । उपाध्यक्ष देवीलाल लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामजी पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्