Logo
Logo

पाण्डेले भिसा पाएनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओशाकामा नियमित उडान गर्ने सूचना जारी गरेको छ । जेक्यावले ओशाका उडानको अनुमति निगमलाई दिए पनि इन्धन, इन्जीनीयरीङ, कष्टम र अध्यागमनसँग गरिनुपर्ने सम्झौता अहिलेसम्म गरेको छैन । ओशाकामा निगमले आफ्नो एजेन्ट थर्पु शेर्पामार्फत् एआइजेलाई दिए पनि एआईजेले अहिलेसम्म मार्केटिङको कामलाई ब्यवस्थित बनाएको छैन ।

यसैबीच, निगमको जापानस्थित कन्ट्री मेनेजर सन्तोष पाण्डे काठमाडौं आएका छन् । काठमाडौंस्थित जापानीज दूताबासले गत सोमबार उनलाई भिसा दिन मानेन । हरेक तीन तीन महिनामा भिसा नवीकरण गरिरहेका पाण्डेको यसपटक भिसा नलागेपछि निगमको तर्फबाट ओशाकाको काम हेर्ने कर्मचारी सून्य अवस्थामा छ ।

यसैबीच जापानका लागि निगमका प्रतिनिधि देवराज हिराचनले विनाकारण आफूलाई हटाएको भनेर सर्वोच्च अदालतमा मुद्दा दिएका छन् । उनको मुद्दाको फैसला चाँडै हुँदैछ । यस्तो अन्योलपूर्ण स्थिति बीच निगमका कार्यकारी अध्यक्षम मदन खरेल घर बिदामा बसेका छन् । जसले गर्दा निगमको ओशाका उडान समेत अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्