Logo
Logo

गुल्मी र प्यूठानका प्रहरी प्रमुख फेरिए




काठमाडौं । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले अवधि नै नपुगी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा गरेको छ । गुल्मी र प्यूठानका प्रहरी प्रमुख फेरिएको हो ।


गुल्मीमा सुदुरपश्चिम गणमा कार्यरत एसपी अर्जुन रानाभाटलाई तथा प्यूठानमा डिएसपी सुवास खड्काको काज सरुवा गरिएको छ । गुल्मीका एसपी भिम दाहाललाई सात महिनामै हटाइएको छ । उनको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा सरुवा भएको छ । त्यस्तै, प्युठानका डिएसपी सत्यनारायण थापालाई १० महिनामै हटाई काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयमा खटाइएको छ । सत्तारुढ दलहरूलाई सहयोग नगरेको आरोपमा दुई जिल्लाका प्रहरी प्रमुख फेरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्