Logo
Logo

अर्थमन्त्रीको असफलता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ साउन । राजस्व संकलनमा अर्थमन्त्री युवराज खतिवडा असफल देखिएका छन् । गत आर्थिक वर्ष २०७५/७६ का लागि कुल २ खर्ब ३ अर्ब ३१ करोड राजस्व संकलनको लक्ष्य लिएको ठूला करदाता कार्यालयले लक्ष्यभन्दा ४० अर्ब ६ करोड कम गरी जम्मा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ मात्र राजस्व उठाएको छ ।
आन्तरिक राजस्व विभागअन्तर्गतकै सबैभन्दा ठूलो राजस्व संकलन हुने ठूला करदाता कार्यालयले गत आवको असार मसान्तसम्म आयकर र मूल्य अभिवृद्धिकर (भ्याट)सहित राजस्व उठाउँदा लक्ष्यभन्दा निकै कम राजस्व उठाएको हो ।
यस कार्यालयले गत आवमा हाल मुलुकभर सञ्चालनमा रहेका कुल ६८१ वटा ठूला करदाताबाट राजस्व उठाएको थियो । त्यसरी राजस्व उठाउँदा एक वर्षमा लक्ष्यभन्दा ४० अर्ब ६ करोड कम उठाइएको छ । राजस्व संकलन गर्दा आयकरबाट १ खर्ब १८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने मूल्य अभिवृद्धिकर (भ्याट)बाट ४४ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो । यो तथ्यांक हेर्दा मूल्य अभिवृद्धितर्फ अत्यधिक कम मात्रामा राजस्व उठेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्