Logo
Logo

हायात नवीकरण भएन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं २९ साउन । नेपाल भ्रमण वर्ष सन् २०२० आउन अब पाँच महिना मात्र बाँकी छ । नेपाल सरकारले भ्रमण वर्ष सफलताका साथ सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ । तर, भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्ने कुरामा बौद्धस्थित होटल हायात अन्योलमा परेको छ ।

विश्वप्रसिद्ध ब्राण्ड हायातको नवीकरण गर्न पर्यटन विभागले मानेको छैन । भ्रमण वर्ष सफल पार्न र उच्चकोटीको पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय ब्राण्डको ठूलो भूमिका हुन्छ । त्यसमाथि आयात विश्वभरि छरिएर रहेको प्रतिष्ठित ब्राण्ड हो ।

नेपाल भ्रमणमा आउने अतिविशिष्ट पाहुनाहरुको रोजाइमा परेको हायात होटलको समयमै नवीकरण नगर्ने हो भने त्यसले नेपाल भ्रमण वर्षलाई अन्तर्राष्ट्रमै नकारात्मक प्रभाव पार्न सक्छ ।

६ सयभन्दा बढी कर्मचारी, मजदुर कार्यरत होटल हायात विगत तीन वर्षयता सबैभन्दा बढी कर तिर्ने होटलमध्येमा पर्दछ । तर, केही समययता उक्त होटल बन्द गराउन कहिले मजदुर उचाल्ने काम भइरहेको छ भने कहिले जग्गा विवादको कुरा उठाएर हायातका लगानीकर्तालाई हतोत्साही बनाउने काम भइरहेको छ । हुँदाहुँदा पर्यटन विभागले होटलको लाइसेन्स नै नवीकरण नगरिदिएपछि हायातका लगानीकर्तालाई भ्रमण वर्ष ‘कौवालाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्