Logo
Logo

जनकपुरमा ओलीलाई कालो झण्डा देखाइयाे



जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थीले कालो झन्डा देखाएका छन् ।

संसदको दुवै सदनबाट दुई दुईपटक पारित गरेको नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि त्यसमा एमालेले समर्थन रहेको भन्दै ओलीलाई कालो झन्डा देखाएका हुन् । जसपाले राष्ट्रपतिविरुद्ध मधेसमा चरमबद्ध आन्दोलन घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेका प्रवेश गराउन जनकपुर आइपुगेका हुन् । धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

ओली तिनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि कडा सुरक्षाका बीच रेल यात्रा गरेका छन् । जनकपुरधामस्थित रेल्वे प्लेटफर्ममा चढेर महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्