Logo
Logo

शेखरकाे दावी- चोलेन्द्रमाथिको महाअभियोग स्वतः निष्क्रिय भइसक्यो



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । आइतबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग यस्तो दावी गरेका हुन् ।

नेता कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ ।’

नेता कोइरालाले सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेको आरोप लगाउँदै भने, ‘सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ । यो मानव अधिकारको समेत उल्लंघन हो ।’ उनले महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत भएको समेत बताए ।

उनी चुनावी अभियानका क्रममा आइतबार गृहजिल्ला मोरङ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्