Logo
Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । पछिल्लो साता यता सुनको मूल्य लगातार उकालो चढिरहेको छ । यस्तै बिहीबार पनि सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आज तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।
चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । लगातार सुनको मूल्य बढेपछि किन्ने ग्राहक घटेको व्यवसायीकहरुले बताएका छन् । यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।
अमेरिका चीन ब्यपार युद्ध र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटाउने निर्णयले सुनको बजारलाई प्रभावित बनाएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्