Logo
Logo

प्रधानमन्त्री ओलीको खुट्टामा समस्या




काठमाडौं, २६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टामा समस्या देखिएको छ । बिहीबार एक सार्वजनिक कार्यक्रममै खुट्टाको समस्याका कारण प्रधानमन्त्रीले बसेरै भाषण गरे ।


प्रज्ञा प्रतिष्ठानमा २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्रीले बसेरै सम्बोधन गरेका हुन् । तेस्रो तलामा रहेको कार्यक्रममा प्रधानमन्त्री हिड्दाखेरि उनलाई निकै गाह्रो भएको थियो ।
‘बसेरै बोल्यो, हेपायती भयो भन्ने नठान्नु होला’, प्रधानमन्त्री ओलीले भने, ‘भन्न त नमिल्ने हो, मेरो खुट्टामा समस्या छ।’

प्रतिक्रिया दिनुहोस्