Logo
Logo

यी हुन् बाबुरामको पार्टीका ६ उम्मेदवार


7.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभाको २ र प्रदेशसभा प्रत्यक्षतर्फ ४ गरी ६ सिट दिएको छ ।

माओवादीले नेपाल समाजवादी पार्टीलाई संघीयतर्फ सर्लाही-२ र काठमाडौं-७ दिएको छ । जसअनुसार समाजवादीका अध्यक्ष महिन्द्र राय यादव सर्लाही र मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उम्मेदवार छन् ।

प्रदेश सभातर्फ नेता गंगानारायण श्रेष्ठ सिन्धुली- २ ‘ख’ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने गोरखा-२ ‘क’ बाट फणिन्द्र देवकोटा उम्मेदवार छन् । नवलपरासी पश्चिम-२ ‘क’ बाट चिनक कुर्मी, सर्लाही-२ ‘क’ बाट सुनिल साहले उम्मेदवारी दिएका छन् । माओवादीले प्रतिनिधि सभातर्फ समानुपातिकमा ५ जनाको नाम समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्