रुकुम पश्चिम । रुकुमपश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएकाले कांग्रेस उम्मेदवार वलीको उम्मेदवारी खारेज भएको हो । वली रुकुम पश्चिमका कांग्रेस सभापतिसमेत हुन् ।
ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम प्रदेश (२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेको थियो । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो ।
गठबन्धनको भागवण्डाअनुसार रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।











