Logo
Logo

बागी उम्मेदवारी फिर्ता गर्न कांग्रेसको निर्देशन


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देश दिएको हो । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, पस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित कांग्रेसले जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुनेछ ।’

पार्टीका तथा सठबन्धन दलका आधिकारिक उम्मेदवार विजय गराउन सक्रिय भूमिका निर्वाह गर्नु पनि कांग्रेले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्