Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

उम्मेदवारी खारेजदेखि नेप्से परिसूचकमा पहिरोसम्म


1.1k
Shares

१. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन, असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने, उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, पस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने ।

फाइल फोटो


२. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका केही नेताहरुको उम्मेदवारी खारेज, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया–२ मा उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, कैलाली– ५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) र रुकुमपश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज ।


३. नेकपा एमालेले आगामी मंसिर चारमा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ५ जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने, घनश्याम भुसाल, प्रभु साह, कुन्दन कुशवाह, गंगा चौधरी सत्गौवा र बदमी क्वारा बुढाको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने बिष्णु रिजालद्वाराज जानकारी ।


४. आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन, प्रतिनिधिसभातर्फ दुई हजार ५३० र प्रदेशसभातर्फ तीन हजार ४८१ जनाको उम्मेदवारी, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने ।


५. प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम, देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय, नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेकाले देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै कर्ण मल्लले दिएको उजुरी खारेज ।


६. सरकारी कर्मचारी र शिक्षक आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा सम्लग्न भएपछि निर्वाचन आयोगद्वारा कारबाही सुरु, उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्नेप्रति आयोगको निगारानी ।


७. गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी, नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट ।


८. धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा कायम, दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैयाँमा खरिद बिक्रि ।


९. पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज दुई खेल, एपीएफ र सुदुर पश्चिम प्रदेश विजयी, एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गर्दा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेशमाथि ६ विकेटको जित, ९० रन पछ्याएको एपीएफले १९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो, ६० रन लक्ष्य पाएको सुुदुर पश्चिमले ४ विकेट गुमाउँदै पूरा गर्यो ।


१०. स्विट्जरल्याण्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण, स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराए, कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न बैंक खाता विवरण उपलब्ध गराएको भनाइ, खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भए÷नभएको निक्र्योल गर्न तथा कर अनुशासन कायम गर्न सहज हुने ।

प्रतिक्रिया दिनुहोस्