काठमाडौं । नेकाप एमालेले टिकट नदिएपछि एमाले त्यागेका नेता घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि नेता भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई गठवन्धनको समर्थन गरेको छ । बुधबार भुसाल निकट नेताहरुले विज्ञप्ति निकालेर एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत नेताहरुले एमाले छाडेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

















