Logo
Logo

भक्तपुरमा गठबन्धनको जित निश्चित : दुर्लभ थापा


3k
Shares

भक्तपुर । सत्ता गठबन्धनबाट भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्लभ थापाले आफूहरुको जित निश्चित रहेको बताएका छन् ।

भक्तपुरमा सबै गठबन्धनका उम्मेदवार विजयी हुने उनको भनाइ छ । यहाँ थापासँग एमालेका महेश बस्नेत प्रतिस्पर्धामा छन् । पछिल्लो समय बस्नेतको छवी जनतामाझ राम्रो छैन । एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गर्दा साथ दिएको, निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएको, पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै हिँडेको आरोप उनीमाथि छ ।

दृष्टिन्यूजसँग कुरा गर्दै गठबन्धन उम्मेदवार थापाले अरुको विरोध भन्दा पनि आफ्नो विकासका योजनालाई जनतामाझ लगेर, जनताको मन जितेर विजयी हुने बताए । तर, प्रतिस्पर्धी बस्नेतका कतिपय अभिन्वयक्ति आपत्तिजनक रहेको उनको भनाइ छ । ‘यो गठबन्धनलाई अपवित्र पनि भन्ने गरेका छन् ।

आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, पवित्र हुने र अरुले गठबन्धन गर्दा अपबित्र हुने यस्तो पनि हुन्छ र ?,’ थापाले एमाले नेता बस्नेततर्फ संकेत गर्दै भने, ‘भक्तपुरका नवयुवराजलाई पछार्न गठबन्धन आवश्यक छ । हिजो व्यापारीसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाँडेर चुनाव जित्छु भनेर हल्ला चलाएका छन् । तिनले अब चुनाव जित्ने हैसियत राख्न सक्दैनन् ।’

काठमाडौंका मेयर बालेन शाहले अल्फा बिटाको अवैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको बताए । थापा सरल र सहज नेता हुन् । सबै उमेरसमूहसँग मिल्न सक्ने क्षमताकै कारण थापा भक्तपुरमा लोकप्रिय छन् । सभापति देउवा सनकट थापा विजयी भए मन्त्री हुने सम्भावना निकै उच्च छ ।

उनी हालसम्म कुनै लाभका पदमा बस्ने अवसर पाएका छैनन् । भक्तपुर–२ लाई एमालेले आफ्नो बिर्ता ठानेको छ । त्यसलाई यसपटक गठबन्धनले भत्काउने तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्