वालिङ । नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । मंगलबार वालिङ खेल मैदानमा भएको खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै एपीएफ फाइन प्रवेश गरेको हो ।

एपीएफलाई फाइनलमा पुर्याउन सावित्रा भण्डारीले ‘सम्बा’ले गरेको गोल नै निर्णयक गोल बन्यो । सावित्राले ५६ औं मिनेटमा गोल गरेका थिए ।
अब एपीएफले उपाधिका लागि अर्को विभागिय टोली नेपालको पुलिस क्लबको सामना गर्नेछ । मंगलबार नै पुलिसले प्रदेश १ लाई ३–० ले पराजित गर्दै गर्दै फाइनलमा यात्रा तय गरेको थियो ।











