
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको सक्रियता बढ्यो, दलका नेता कार्यकर्ता उम्मेदवारसहित गाउँ शहरमा, अन्य दलका उम्मेदवार भन्दा आफ्ना उम्मेदवार र आफ्नो पार्टीको एजेण्डा सबैभन्दा उत्कृष्ट रहेको सबै दलको दाबी ।

२. प्रतिनिधिसभा सदस्यका रौतहट– १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, सोही विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र, माधवलाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फिर्ता पठायो ।

३. राष्ट्रिय खेलकुदमा विभागीय टिमकै वर्चश्व, अघिल्ला संस्करण जस्तै यो पटक पनि शीर्ष ३ मा विभागीय टोलीको दबदबा, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य पदक जित्दै च्याम्पियन, दोस्रो स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र तेस्रो स्थानमा नेपाल प्रहरीको नेपाल पुलिस क्लब रहन सफल ।

४. प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाद्वारा सञ्चारकर्मीलाई भर्चुअल तालिम, निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको आग्रह, निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना हुने ।

५. निर्वाचन आचारसंहिताविपरीत स्थानीय सरकारका जनप्रतिनिधि राजनीतिक दलको निर्वाचन प्रचारमा व्यस्त, आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न नपाउने आचारसंहिताविपरीत आफ्ना दलका उम्मेदवारलाई भोट माग्दै, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी ।

६. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी, हालसम्म एक करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपायो ।

७. आगामी मङ्सिर गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, निर्वाचनपछि पनि गठबन्धन कायम रहने, लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरु मिलेर वाम–लोकतान्त्रिक गठबन्धन भएको भनाइ, संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो, नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा कायम, दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री ।

९. गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन, पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ, समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी ।

१०.४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्री लिज ट्रसद्वारा पदबाट राजीना, लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री, विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदको दबाब थेक्न सकेनन्, उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने ।












