
काठमाडाैं । नेपाली सेनालाई बोकेर गएको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस ३२० अफ्रिकाको मालीमा ग्राउन्डेड भएको छ ।
ल्यान्डिङ गियरको एउटा पांग्रा पन्चर भएपछि जहाज उतै ग्राउन्डेड भएको हो । बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो ।
शुक्रबार मालीबाट ७५ जना सेना बोकेर स्वदेश फिर्ता आउनुपर्ने जहाज जगेडा पांग्रा नहुँदा ग्राउन्डेड भएको छ । ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुटिसकेको छ,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने।
जगेडा पांग्रा नभएको हुँदा जहाज ग्राउन्डेड हुनुपरेको अधिकारीले बताए ।











