
काठमाडाैं । सत्ता गठबन्धनले आजबाट निर्वाचन लक्षित भेला सुरु गर्दैछ ।
गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको हो । शुक्रबार पहिलाे भेला पाेखरामा हुने छ ।
बुटवलमा पनि आजै भेलाको आयोजना गरिएकाे छ । बुटवलकाे भेला दिउँसो २ बजे सुरु हुनेछ । त्यस्तै, गठबन्धनकाे भेला शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा हुने छ ।
काठमाडौंमा भने गठबन्धनले ७ कात्तिकमा भेलाको आयोजना गर्ने तालिका तयार पारेको छ ।











