Logo
Logo

पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्जमा सार्वजनिक बिदा




काठमाडौं , २७ पौष ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बिहीवार बसेको वैठकले पृथ्वी जयन्तीको अवसरमा शुक्रवार पुस २७ गते नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत बन्द हुने मेयर धवल शमशेर राणाले जारी गरेको विज्ञप्ती उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को नेतृत्व छ । स्थानीय तहको चुनाव अगाडि नै राप्रपाले आफ्ना उम्मेद्वार विजयी भएका स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने तथा पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्