
काठमाडौं : नेकपा (एकीकृत समावादी)का ६ जनाको समानुपातिक उम्मेदवारी खारेज भएको छ ।
आयोगले तोकेको जरिवाना नबुझाएका कारण उनीहरुको उम्मेदवारी नै रद्द भएको हो । आयोगले स्थानीय तह निर्वाचनमा खर्चको विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो ।
ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलू बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरले जरिवाना नबुझाएका कारण उम्मेवारी खारेको भएको हो ।











