Logo

‘भ्रमण वर्ष-२०२०’सँग जोडिँदै द हाइल्याण्ड आर्ट


Published On : 24 August, 2019

काठमाडौं, ७ भदौं । ढाका कपडा उत्पादन तथा पहिरन प्रवद्र्धनमा अग्रस्थान लिँदै आएको द हाइल्याण्ड आर्ट ‘नेपाल भ्रमण वर्ष–२०२०’सँग पनि जोडिएको छ ।
हाते तानबाट उत्पादित नेपाली ढाका पहिरनमार्फत नेपाललाई विश्वमाझ चिनाउन प्रयासरत द हाइल्याण्ड आर्टले राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल सरकारद्वारा घोषित ‘भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन सकेसम्म आफूले पनि दायित्व निर्वाह गर्ने जनाएको हो ।
‘ढाका पहिरन आफैमा नेपालको पहिचान हो’ कार्यक्रममा द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन ढाकाविद कल्पना योङहाङ लिम्बूले भनिन्, ‘त्यसैले ढाका बुनाई नेपाली जाति र जनजीवनसित जोडिएकाले यसलाई पर्यटनसँग जोड्ने उद्देश्य र लक्ष्यसहित अघि बढेका छौँ ।’ सफल महिला उद्यमीसमेत रहेकी कल्पनाले भ्रमण वर्षमा २५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्यलाई पूरा गर्न जनस्तरबाट पनि पहल गर्न आवश्यक रहेको भन्दै भनिन्, ‘नेपालको पर्यटन प्रवद्र्धनमा कला, संस्कृति, भाषा र भूषभूषाले पनि सघाउ पु¥याउने छ । जसका लागि द हाइल्याण्ड आर्टले आफ्नो तर्फबाट ‘भ्रमण वर्ष–२०२०’लाई सफल पार्न लक्ष्य लिएको हो ।’
करिब चार दशकदेखि नेपाली ढाका कपडा उत्पादन र पहिरन प्रवद्र्धनमा सक्रिय रहँदै आएकी कल्पनाले भ्रमण वर्षलाई लक्षित गरेर ‘द हाइल्याण्ड आर्ट सजिलो ट्राभल एण्ड टुर्स’ सञ्चालनमा ल्याएको छ । उक्त ट्राभल्सको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच औपचारिक उद्घाटन गर्दै कल्पनाले भनिन्, ‘ढाका उत्पादन गर्दै आएकी कल्पना कसरी ट्राभल्सतिर आइन् भन्ने सोच्नुहोला, तर, ट्राभल्स सञ्चालनमा ल्याउनको मुख्य उद्देश्य भ्रमण वर्षलाई सघाउन नै हो ।’
कार्यक्रममा बोल्दै उनले विशेषगरी प्रदेश १ को लिम्बु जातिको पहिचानलाई लिएर घरेलु उद्योगका रूपमा विकास भएको ढाकाको प्रवद्र्धन गरिने बताउँदै भनिन्, ‘यसबाट आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय जनजीवन बुझ्न सघाउ पुग्नेछ ।’ उनले अगाडि थपिन्, ‘सरकारले पर्यटन वर्ष घोषणा गरेपछि हामीले आ–आफ्नो ठाउँ र व्यवसायबाट समेत प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले यो अवधारणा अघि सारिएको हो ।’
लिम्बु समुदायमा ढाकालाई मौलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परम्परासित जोडेर विकास गर्दै आएको जनाइएको छ । भ्रमण वर्षभित्र पूर्वका ढाका उद्योगीहरूको सामूहिक प्रयासबाट जनचेतना अभियान तथा यसको प्रवद्र्धनमा जोड दिइने जनाइएको छ । उनले भनिन्, ‘साथै भ्रमण वर्षमा बाह्य पर्यटकलाई आर्कषित गर्न नेपालको विविधितालाई प्रवद्र्धन गर्न आवश्यक छ । जो हामी त्यसको प्रयत्नमा लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्