कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । साथै, सो दुर्घटनमा परी अन्य चार जना घाइते भएका छन् ।
बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको उनले बताए ।
विष्फोटमा परी सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।
घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । उनका अनुसार घाइते बालबालिकाको अवस्था गम्भीर छ । बम कसले विष्फोट गराएको भन्ने खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।











