
काठमाडौं । निर्वाचन घोषणा भएसँगै वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार स्वत कामचलाउ भइसकेको छ । तर, आजसम्म प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छै ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा ‘सम्पत्ति विवरण प्राप्त’ भएको उल्लेख गरिएको भए पनि गोप्य राखिएको छ ।
कानुनत प्रधानमन्त्री वा मन्त्री नियुक्त भएको ३५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । तर, प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुने भएका छन् ।
आफ्नो सम्पत्ति विवरण नै सार्वजनिक नगरेका प्रधानमन्त्री देउवा सभापति रहेको नेपाली कांग्रेसले भने सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बाध्यकारी कानुन बनाउने प्रतिवद्धता जनाएको हो ।











