Logo
Logo

कांग्रेसको प्रण र प्रतिज्ञा- संविधानप्रति प्रतिवद्ध, समुन्नत नेपाल निर्माण


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले संविधानप्रति प्रतिवद्ध रहँदै संवैधानिक रुपमा शासन व्यवस्था सञ्चालन गर्ने र समुन्नत नेपाल निर्माण गर्ने प्रण र प्रतिज्ञा गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र जारी गर्दै कांग्रेसले संविधान कार्यान्वयन गर्दै समुन्नत नेपाल निर्माणमा आफ्नो ध्येयलाई पूरा गर्ने प्रण गरेको छ ।

त्यसैगरी, संविधानको मर्म बमोजिम सरकारलाई संसद्प्रति जवाफदेही बनाउँदै सरहदभित्रबाट विकल्प भएसम्म दलहरू भित्र हुनसक्ने द्वन्द्व वा संसद्‌मा उत्पन्न हुनसक्ने गतिरोध वा अरु कुनै बहानामा संसद् अवरुद्ध हुन नदिई संसद्लाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गरेको छ । 

समुन्नत नेपाल निर्माणबारे कांग्रेसको प्रण– 
नेपाली कांग्रेस संघीय लोकतन्त्रको सीमाभित्र ‘बाहुलता र विविधता बीचको एकता आम  नेपालीको सच्चा राष्ट्रियता’ भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपाल  निर्माणकाे आफ्नो ध्येयलाई पूरा गर्ने प्रण गर्दछ ।

संसद्लाई पूर्ण अवधि कायम राख्ने कांग्रेसको प्रतिज्ञा–
नेपाली कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, विधिको शासन र मानव अधिकारको संरक्षण र संवर्द्धनका निम्ति कटिबद्ध छ । संविधानको मर्म बमोजिम सरकारलाई संसद्प्रति  जवाफदेही बनाउँदै सरहदभित्रबाट विकल्प भएसम्म दलहरू भित्र हुनसक्ने द्वन्द्व वा संसद्‌मा  उत्पन्न हुनसक्ने गतिरोध वा अरु कुनै बहानामा संसद् अवरुद्ध हुन नदिई संसद्लाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ । 

प्रतिक्रिया दिनुहोस्