काठमाडौं । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका लागि प्युठानका उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरेर चुनाव प्रचार गरेको भन्दै आयोगले थापालाई स्पष्टीकरण सोधेको हो । थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएका थिए ।
‘बालबालिका प्रयोग गर्नु आचारसंहिताविपरीत हो । तपाईंलाई किन कारबाही नगर्नु ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन थापालाई भनेको छ ।
एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज थापा पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दै छन् ।











