Logo
Logo

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज


2.6k
Shares

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएपछि निर्वाचन आयोगले उनको जम्मेदवारी खारेज गरेको हो ।

मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै डा. कार्काीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो ।

काउन्सिलले जवाफपत्र र डा. कार्कीको स्पष्टीकरणको आधारमा शनिबार बसेको आयोगको बैठकले उनको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । डा. कार्कीले १ लाख १५ हजारभन्दा बढी बैठक भत्ता बुझेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्