
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी दिएकी उनकाे उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको भन्दै विज्ञप्ति निकालेको थियो।
सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन्।












