Logo
Logo

एसएसपी सरुवाको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ भदौ ।
नेपाल प्रहरीमा एसएसपी तयारीको अन्तिम गृहकार्य चलिरहेको छ । केही महत्वपूर्ण कार्यालयमा सरुवा हुन चाहने अधिकारीहरुको चलखेलका कारण गृह मन्त्रालयले निर्णय गर्न सकेको छैन ।


महानगरीय प्रहरी परिसर ललितपुर, ट्राफिक महाशाखा लगायतमा धेरै एसएसपीको दौडधुप छ । ललितपुर परिसरमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली लगायत एसएसपी आकांक्षी छन् ।
त्यस्तै ट्राफिक महाशाखामा एसएसपी बसन्त पन्तको करिब डेढ वर्ष भइसकेको छ । संघीय प्रहरी इकाई तथा प्रादेशिक तालिम केन्द्रहरुमा केही इन्चार्जहरुको पनि हेरफेर हुँदै छ ।
एसएसपी सरुवाका लागि एक महिनादेखि नै गृहकार्य हुँदै आएको छ । केही दिनभित्रै निर्णय हुने गृहका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्