Logo
Logo

विप्लवको माग छिट्टै पुरा हुन्छ : प्रधानमन्त्री


1.1k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

मङ्गलवार बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । नेता प्रकाण्डले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा जोड गर्न माग गरेका छन् ।

साे क्रममा प्रधानमन्त्री देउवाले आफू माग सम्बोधन गर्न सकारात्मक रहेकाले छिट्टै पुरा गर्ने आश्वासन दिएका छन् । आफूहरुसँग गरेको सहमति सरकारले नै पालना नगरेको भन्दै नेकपा असन्तुष्ट छ ।

सहमति कार्यान्वयनका लागि केही नेता कार्यकर्ता रिहा भए पनि अझै दर्जनौँ थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्