Logo
Logo

यस्ता छन् एमालेको २० ग्यारेन्टी


1.7k
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा सार्वजनि गरिको घोषणापत्रमा एमालेले २० ग्यारेन्टी गरेको छ ।

खण्ड घ मा एमालेले ‘आगामी पाँच वर्ष : हाम्रा २० ग्यारेन्टी’ समावेश गरेको छ । एमालेले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ ।

स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।

‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने, ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने लक्ष्यसहित सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

यस्ता छन् २० ग्यारेन्टी

१. पहिलो सेसन : समृद्धि अधिवेशन
२. नेपालीलाई मात्र नागरिकता
३. हङ्गर : नो लङ्गर
४. सरक्षिु त छाना : पुग्छ सबैको चाहना
५. पढाइ : भविष्यको जग बसाइ
६. फ्रि मिटर : दश हजार लिटर
७. खेत बारीमा पानी : खाडीमा हैन, स्वदेशमैं जवानी
८. भूमिगत तार : सहर बजार
९. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१०. स्वस्थ महिनाबारी : १५ सय बर्षभरी
११. हामी सामाजिक : सभ्य नागरिक
१२. उत्पादन स्वदेशी : बजार विदेशी
१३. कमाइ : युवाको रोजाइ
१४. प्रेसर–सगुर : भइन्न बिरामी औषधि बेगर
१५. फ्रि युनिट : ५० युनिट
१६. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१७. नो लाइन : सेवा अनलाइन
१८. समृद्धिसगको नाता : सबैको बैंक खाता
१९. फाइभ जी सञ्चारः आइटीमा चमत्कार
२०. हाम्रो अर्थः १०० खर्ब

प्रतिक्रिया दिनुहोस्