Logo
Logo

एमालेको घोषणा- कोही भोकै पर्दैन, भोकले कोही मर्दैन


945
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा सार्वजनि गरिको घोषणापत्रमा एमालेले २० ग्यारेन्टी गरेको छ ।

खण्ड घ मा एमालेले ‘आगामी पाँच वर्ष : हाम्रा २० ग्यारेन्टी’ समावेश गरेको छ । जसमा एमालेले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ ।

घोषणापत्रमा भनिएको छ- ‘खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित र खानाको अवधारणा व्यापक गरिने छ । कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसरुक्षा दिइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसरुक्षा प्रदान गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्